SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

स्थानीय हाटबजारमा भेटिएका अखाद्य वस्तु जलाइयो

कालीकोट : कालीकोटका स्थानीय हाटबजारमा भेटिएका अखाद्य वस्तु जलाइएको छ। पलाँता गाउँपालिका र पँचालझरना गाउँपालिकामा रहेका स्थानीय हाटबजारमा गरिएको अनुगमन क्रममा मिति सकिएका अखाद्य वस्तु जफत गरि जलाइएको हो। उद्योग तथा उपभोक्ता हित संरक्षणको कार्यालय कालीकोटको समन्वयमा गरिएको अनुगमनका क्रममा उक्त मिति सकिएका अखाद्य वस्तु फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए।