विराटनगरको लगातार दोस्रो जित, काठमान्डुको दोस्रो हार
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको आठौँ खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको छ। यो विराटनगरको लगातार दोस्रो जित हो। काठमान्डुको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट स्टेडियममा काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो। विराटनगरको लागि जर्ज मुन्सेले सर्वाधिक उनले १६ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए।
