धरानको बाझगरा सामुदायिक वनभित्र नियम विपरीत रेस्टुरेन्ट सञ्चालन
सुनसरी : सुनसरीको धरान–१५ स्थित बाझगरा सामुदायिक वनसँगै रहेको धार्मिक वन परिसरभित्र नियमविपरीत रेस्टुरेन्ट सञ्चालन गरिएको पाइएको छ। वन संरक्षणका लागि छुट्टाइएको क्षेत्र वर्षौंदेखि मासिँदै गएको र त्यसरी मासिएको ठाउँमा खुलेआम रेस्टुरेन्ट सञ्चालन हुँदा समेत सम्बन्धित निकाय मौन बसेको स्थानीयको आरोप छ।महादेव चोकमुनि धरान-६ पानबारी जाने मदन भण्डारी राजमार्गसँगै जोडिएको जंगलमा करिब एक वर्षदेखि स्थानीय कल्पना राईले रेस्टुरेन्ट सञ्चालन गरेकी छन्।
