झरीले धानमा क्षति पुगेका किसानलाई राहत
नुवाकोट : तीन साता अगाडिको अविरल झरीले नुवाकोटको अधिकांश धान बालीमा क्षति पुगेपछि किसानहरूलाई क्षतिपूर्ति तथा राहत दिने कार्य सुरु भएको छ। नुवाकोटको सदरमुकामसँगै जोडिएको बेलकोटगढी नगरपालिकाले गत कात्तिक १२ देखि १५ गतेसम्मको अविरल झरीले क्षति भएको किसानका धानबालीको राहत तथा क्षतिका लागि विशेष कार्यक्रम सञ्चालन गरेको हो। किसानलाई राहत उपलब्ध गराउन सुरु गरेको छ।धानबालीमा क्षति पुगेका किसानहरूलाई बेलकोटगढी नपाका सबै जनप्रतिनिधिको एक महिनाको सम्पूर्ण सेवा सुविधा बापतको रकम उपलव्ध गराएका छन्।
