दुई सय विद्यार्थीको आँखा परीक्षण
नुवाकोट : नुवाकोटको शिवपुरीको एक विद्यालयमा विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ। विद्यार्थीहरूले आँखाको स्याहार गर्नुपर्ने पर्ने विषयमा जानकारी हासिल गरेका छन्। शिवपुरी गाउँपालिका-३ मा रहेको महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण शिविर गरिएको हो। शिवपुरी गापा ग्रामीण आँखा केन्द्रको आयोजनामा सञ्चालित शिविरमा दृष्टि परीक्षण, चस्मा जाँच तथा परामर्शसहितको विद्यार्थी आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न भएको हो।
