SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी : पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–७ चोरमाराको उकालोमा नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना३४प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१५ का ३६ वर्षीय लोकबहादुर थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।