SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

इस्लामाबादको अदालत बाहिर विष्फोट : कम्तिमा १२ जनाको मृत्यु, २७ घाइते

काठमाडौं : पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विष्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले यस घटनामा १२ जनाको मृत्यु भएको र २७ जना घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन्। विष्फोट  इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै भएको हो।मोहसिन नकवीले भने, 'दिउँसो १२:३९ बजे अदालतमा आत्मघाती हमला भयो। यो हमलाले ठूलो क्षति पुर्‍याएको छ, जसमा १२ जनाको मृत्यु भएको छ भने लगभग २७ जना घाइते भएका छन्।