SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीका आइजिपी अर्याल भारत भ्रमणमा जाने

काठमाडौं : सशस्त्र पहरी बलका महानिरीक्षक राजु अर्याल भारत भ्रमणमा जाने भएका छन्। 'नेपाल-भारत समन्वय बैठक'मा सहभागी हुन अर्याल भारतको नयाँ दिल्ली जाने भएका हुन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्यालको भारत भ्रमण स्वीकृत गरेको छ। महानिरीक्षक अर्याल कात्तिक २६ देखि २८ गतेसम्म हुने बैठकका लागि भारत जानेछन्। सरकारका प्रवक्ता जगदिश खरेलले महानिरीक्षक अर्यालको भारत भ्रमण स्वीकृत भएको बताए।भारतको दिल्लीमा आयोजना हुने उक्त बैठक ९औं संस्करण हो।