SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालयको जग्गाबारे प्रधानमन्त्रीको चासो, मिच्ने र बेचबिखन गर्ने प्रवृत्ति रोक्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन्।मंगलबार सिंहदरबारमा त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी, रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाललगायतसँग छलफल गर्दै विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे उनले जानकारी माग गरेकी हुन्।जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनमा भएका कामका बारेमा पनि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेकी थिइन्।