लेम्फी र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता
लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म, ईसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्ने भएको छ। नेपालको राष्ट्र बैकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको हो। यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायत सहित) का नागरिकलाई कम लागत, भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फी लाई सक्षम बनाउने विश्वास लिइएको छ।
