जेनजी आन्दोलनका घाइतेहरूको सरकारले गर्यो वर्गीकरण
काठमाडौं : सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्नका लागि कार्यविधि ल्याएको छ। गृह मन्त्रालयले 'जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२' सार्वजनिक गरेको हो। गत भदौ २३ र २४ गतेको प्रदर्शनमा चोटपटक, अंगभंग वा अन्य शारीरिक असर भई अस्पतालमा उपचार गरेकाहरूको वर्गीकरणका लागि सरकारले कार्यविधि ल्याएको हो।सरकारले घाइतेहरूलाई चार प्रकारमा विभाजन गरेको छ। जसमा अति गम्भीर घाइते, गम्भीर घाइते, मध्यम घाइते र सामान्य घाइते रहेका छन्।
