SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

ए डिभिजन लिग १२० दिनभित्र गर्न प्रस्ताव

काठमाडौं : आगामी १२० दिन भित्रमा ए डिभिजन लिग गर्ने प्रस्ताव अघि सारिएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा), खेलाडी संघ र क्लबहरूसँगको मन्त्रालयको बैठकमा उक्त प्रस्ताव गरिएको हो। युवा तथा खेलकुद मन्त्रालयमा ५ वटा क्लब, खेलाडी संघ र एन्फाबीच भएको छलफलबाट डबल राउन्ड रोबिन फर्म्याटको लिगमा खेल हुने गरी प्रस्ताव गरिएको छ।