महाधिवेशनबारे कांग्रेस बैठक अझै अनिर्णीत
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित भएको छ।मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूको फरक फरक धारणा आएको हो। महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ।मंगलबार बसेको बैठकपछि कांग्रेस नेता राजेन्द्रकुमार केसीले महाधिवशेनका साथै पछिल्लो राजनीतिक घटनाका क्रममा विषयमा सदस्यहरुले धारणा राखेको बताए।
