जितपुरसिमरामा एमालेको प्रदर्शन
सिमराः नेकपा एमाले जितपुरसिमरा नगर कमिटीले मंगलबार बाराको सिमरामा जनर्याली तथा कोणसभाको आयोजना गरेको छ। देशभरका पालिकामा एकैसाथ प्रदर्शन गर्ने एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत सिमरामा र्याली निकालिएको हो।नगर कमिटीको नेतृत्वमा आयोजित र्याली सिमरा चोकबाट नेपाल टेलिकम, विकासशील चोक, एयरपोर्ट रोड हुँदै पुनः सिमरा चोकमा आएर कोणसभामा परिणत भएको थियो।
