SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टी, आयोगमा बुझायो ५१ सदस्यीय सूची

काठमाडौं : कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो नेपाल पार्टीले बुधबार अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय सूची आयोगमा बुझाएको हो।बुझाइएको सूचीमा कुलमान घिसिङको नाम भने समेटिएको छैन। स्रोतका अनुसार अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङको अग्रसरतामा पार्टी खुले पनि उनी कार्यकारीमा भूमिका देखिने छैनन्।