मतदाता नामावली दर्ताका लागि कर्मचारीलाई दुई सिफ्टमा खटाइने
काठमाडौं : निर्वाचन आयोगले सेवाग्राहीको चाप बढेसँगै मतदाता नामावली दर्ताका लागि कर्मचारीलाई दुई सिफ्टमा खटाउने निर्णय गरेको छ। नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
