गोरुसिंगे–सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने
अर्घाखाँची : सडक मर्मत तथा स्तरोन्नतिका लागि गोरुसिंगे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ। गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने भएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले बताए।
