लीपमोटर नेपालले ग्लोबल मिटमा “उत्कृष्ट लीपमोटर वितरक” पुरस्कार जित्यो
काठमाडौं : नेपालमा लीपमोटर को एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्सले कार्तिक २१ गते थाइल्यान्डमा आयोजित लीपमोटर ग्लोबल डिलर मिटमा “उत्कृष्ट लीपमोटर वितरक – इन्डिया एण्ड एसिया प्यासिफिक” पुरस्कार प्राप्त गरेको छ। यो अवार्डले भारत र एसिया–प्यासिफिक क्षेत्रमा लीपमोटर नेपालले बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा देखाएको उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको हो।
