SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

दिल्ली कार विस्फोटमा 'अमोनियम नाइट्रेट' प्रयोग भएको खुलासा

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। सोमबार साँझ करिब ६:५२ बजे हुन्डाई आइ२० मोडलको कारमा ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा विस्फोट भएको दिल्ली प्रहरीले पुष्टि गरेको छ।विस्फोटको तीव्रता यति ठूलो थियो कि आसपासका सवारीसाधन र संरचनामा समेत क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थको रूपमा अमोनियम नाइट्रेट प्रयोग गरिएको फरेन्सिक रिपोर्टमा देखिएको छ।