धरानको हात्तीसारमा पाटे बाघको बच्चा भेटियो
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुरस्थित हात्तीसारमा पाटे बाघको बच्चा भेटिएको छ। मंगलबार बेलुका स्थानीय युवाहरूले उक्त क्षेत्रमा असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा देखेपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।धरान–१६ का १८ वर्षीय युसन राई, सिमन राई तथा धरान–१३ का १७ वर्षीय अमन लिम्बुले उक्त बाघको बच्चा सुरक्षित रूपमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन्।
