जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : पूर्वमन्त्री शर्मा
काठमाण्डु – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले जेनजी आन्दोलनको रापताप सेलाउँदै आन्दोलनमा बगेको शहीदको रगत खेर जान्छ कि भन्ने चिन्ता व्यक्त गरेकी छन् । मंगलबार काठमाण्डुमा आयोजित भ्रष्टाचार नियन्त्रणको भावी रणनीति अन्तरक्रियात्मक छलफलमा बोल्दै उनले जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने भन्ने अहिलेको प्रमुख चुनौती रहेको बताइन् ।
