सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औँ वार्षिकोत्सव सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आफ्नो २९औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ ।