SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ

काठमाडौं : जेनजी आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने २१ वर्षीय मनोज ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले १ थान ग्याँस गनसहित उनलाई पक्राउ गरेको हो।