SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

भारत र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द, भारतले सिरिज २–१ ले जित्यो

काठमाडौं : भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल वर्षाका कारण रद्द भएको छ। योसँगै भारतले शृङ्खला २–१ ले जितेको छ।ब्रिसबेनमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। खराब मौसमका कारण खेल रोकिँदा भारतले ४.५ ओभरमा बिना क्षति ५२ रन बनाएको थियो।अभिषेक शर्माले २३ र शुभमन गिलले २९ रन बनाए।यसअघि शृङ्खलाको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो। दोस्रो टी–२० खेल अस्ट्रेलियाले जितेको थियो भने तेस्रो र चौथो खेल भारतले जितेको थियो।