SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्।  नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी हुन्।