बिहारको चुनावका कारण सुनसरीका सबै सीमा नाका बन्द, सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा
सुनसरी : भारतको बिहार राज्यमा हुने विधान सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्ने सुनसरीका सबै सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ। शनिबार साँझदेखि लागू हुने गरि यो निर्णय मंगलबारसम्म निरन्तर लागू रहने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार भारतको बिहारमा मतदान प्रक्रिया शान्तिपूर्ण र निष्पक्ष बनाउन नेपालतर्फको आवागमन नियन्त्रण गर्नुपर्ने भएकाले नाका बन्दको निर्णय गरिएको हो।
