SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

आर्मीलाई हराउँदै एपीएफको रोमाञ्चक जित, उपाधिका लागि पुलिससँग भिड्ने

झापा : सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापा महिला गोल्डकपमा रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। अब एपीएफ उपाधिका लागि कार्तिक २४ गते नेपाल पुलिस क्लबसँग भिड्ने पक्का भएको छ। दर्शकले भरिभराउ रोमाञ्चकपूर्ण खेलको ६३ औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो।