SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

ट्रम्पले भने– जी–२० शिखर सम्मेलन अमेरिकाले बहिष्कार गर्छ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने बताएका छन्।ट्रम्पको निर्णय दक्षिण अफ्रिकामा गोरा मानिसमाथि दमन भइरहेको दाबीबाट उत्पन्न भएको हो। तर यी दाबीलाई व्यापक रूपमा झूटा र आधारहीन मानिएको छ।अमेरिकी राष्ट्रपतिले यो बैठक दक्षिण अफ्रिकामा आयोजना हुनु एकदमै लज्जास्पद भएको बताए।  यस महिनाको अन्त्यमा जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन हुने तय भएको छ।