SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

एसिया कप ट्रफीबारे बीसीसीआई सचिव र पीसीबी प्रमुखबीच के भयो छलफल ?

काठमाडौं : भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाले एसिया कप ट्रफीको सम्बन्धमा आफू र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्वीबीच बैठक भएको जानकारी दिएका छन्।देवजित सैकियाका अनुसार शुक्रबार दुबईमा अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड (आईसीसी)का दुई बैठक भएका थिए। दुवै बैठकमा पीसीबी प्रमुख र बीसीसीआई सचिव उपस्थित भए।तर एशिया कप ट्रफीको मुद्दा एजेन्डामा नभएकाले यी बैठकमा छलफल भएन।