SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

विद्यालयलाई शैक्षिक सामग्री प्रदान

नुवाकोट : नुवाकोटको तारुकामा रहेका एक विद्यालयलाई आधुनिक शैक्षिक सामग्रीहरू उपलब्ध भएको छ। तारकेश्वर गाउँपालिका-२ तारुकामा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयलाई विद्यार्थीहरूका सुविधा लागि ७ प्रकारका सामग्रीहरू प्राप्त भएको हो। विद्यालयलाई पुर्व विद्यार्थीहरूको समन्वयमा एक हजार लिटर क्षमताको पानी ट्यांकी एक थान, टेलिस्कोप दुई थान, फिल्टर एक थान तथा खेलकुद सामग्रीहरूमा फुटबल चार थान, भलिबल दुई थान, ब्याडमिन्टन एक सेट, नेटजाली लगायतका सामग्री हस्तान्तरण गरिएको हो।