काल्चेमा स्वास्थ्य भवन निर्माण
नुवाकोट : गाउँवासीको सुविधाका लागि नुवाकोटको काल्चेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। तादी गाउँपालिकाको दुर्गम स्थानका रूपमा रहेको तादी गाउँपालिका-१ काल्चेमा भूकम्प प्रतिरोधी चार कोठे पक्की आधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको हो। उक्त भवनको कार्यक्रमका बीच उद्घाटनसहित हस्तान्तरण गरिएको छ। नवनिर्मित स्वास्थ्यचौकी भवनको बागमती प्रदेश सभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङले उद्घाटन गरिन्।
