त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा सुचारु
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा सुचारु भएको छ। विमानस्थलको धावनमार्गमा सट भएको बिजुली बनाएपछि हवाई सेवा सुचारु भएको हो।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले केहीबेर अघिबाट विमानस्थल खुलेको बताए। विमानस्थल खुलेसँगै डाइभर्ट भएका जहाज पनि बिस्तारै आउने प्राधिकरणले जनाएको छ।विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा लाइटमा समस्या आएपछि सबै उडान बन्द भएका थिए। शनिबार बिहानदेखि विमानस्थलको धावनमार्गमा बिजुली बिग्रिएको थियो।
