SHARE
बिजनेस पाना · शुक्रबार​ २ साउन २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको हो । ढकाल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले गत मंसिरमा ५८ वर्षे उमेर हदका अवकाश पाएका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना