SHARE
बिजनेस पाना · शुक्रबार​ २ साउन २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सुदीप घिमिरे

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन् । शुक्रबार काठमाडौँमा आयोजित मञ्चको २१औँ साधारणसभाले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । घिमिरे एसजी ग्रुपका निर्देशक हुन् । यस समूहले उत्पादनमूलक उद्योग, ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्तीय संस्था, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटीलगायतका क्षेत्रमा लगानी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना