कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत समातिएका छन् । पक्राउ पर्नेमा राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको टोखाबाट पक्राउ गरेको बताइएको छ ।