उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न मुलुकबाट नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ (एनएस) अनिवार्य बनाइनुपर्ने बताएका छन् । नेपाल गुणस्तर परिषद्को बैठकमा गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमन प्रभावकारी बनाउने र गुणस्तरहीन वस्तु आयातमा नियन्त्रण गर्ने विषयमा भएको छलफलमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।