SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

उद्योग अघि बढाउन कानूनी अवरोध हटाउने मन्त्री सिन्हाको प्रतिबद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूको विकास र सञ्चालनमा रोकिरहेका कानूनी अवरोध हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले वर्षौं अड्किएका उद्योगसम्बन्धी फाइलहरू छिटो अघि बढाउन सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिए ।