राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज २९ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् ।
