SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

साउदीमा रहेका नेपालीलाई दूतावासको ‘अलर्ट’, अनावश्यक बाहिर ननिस्कन आग्रह

काठमाडौं । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन नेपाली राजदूतावासले आग्रह गरेको छ । दूतावासले अनावश्यक रूपमा घरबाहिर ननिस्कन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न नेपाली समुदायलाई अपिल गरेको हो ।