SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

सहकारी पीडितलाई न्याय दिलाउन प्रहरीमा डेस्क र अदालतमा विशेष बेन्च बनाउने सरकारको तयारी

चितवन । चितवनमा सहकारी पीडितले आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गरेपछि सरकारले उनीहरूलाई न्याय दिलाउन पहल गर्ने जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसहित प्रतिनिधिसभा सदस्य र प्रमुख जिल्ला अधिकारीले सहकारी पीडितका समस्या सुनेका थिए ।