घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैन : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अब देशमा घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य नहुने चेतावनी दिएकी छन् । शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ चल्ने अवस्था अब अन्त्य हुनुपर्ने बताइन् ।
