अब निर्णय तुरुन्त कार्यान्वयन हुने प्रणाली विकास भइसकेको छ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हरेक निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अर्थ मन्त्रालयले कुनै पनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो ।
