स्काउटको जग्गाबारे पूर्वमन्त्री खड्काले दिए यस्तो स्पष्टिकरण
नेपाली कांग्रेसका नेता एवम् पूर्व उर्जामन्त्री दिपक खड्काले नेपाल स्काउटको विषयमा आफूलाई जोडेर आएका समाचारप्रति स्पष्टिकरण दिएका छन् । नेता खड्काको सचिवालयले आज एक विज्ञप्ति जारी गरी पूर्वमन्त्री खड्कालाई जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
