पार्टी एकताबारे थप छलफलमा जुटे प्रचण्ड, माधव नेपाल र नाराययणकाजी श्रेष्ठ
काठमाडौं । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दल एकता गर्ने घोषणापछि दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका हुन् ।
