प्रधानमन्त्री कार्कीको निर्देशन : सबै मन्त्रालयले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नू
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी छन् । सोमबार दिउँसो सिंहदरबारमा अन्तरिम सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिँदै यस्तो निर्देशन दिएकी हुन् ।
