कांग्रेसमा दुवै पक्षको आ–आफ्नै अडान : धोबिघाट बैठकमा जुटेन सहमति
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा दुईथरी मत देखिँदा आज पनि बैठक निष्कर्षविहीन बनेको छ । केही दिनदेखि निर्वाचनअघि महाधिवेशन गर्ने वा पछि भन्ने विषयमा निष्कर्ष ननिस्किरहेका बेला आज पनि सोही प्रकरणले निरन्तरता पाएको हो । सोमबार ललितपुरको धोबीघाटस्थित एक होटलमा बैठक बसेको थियो ।
