कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ‘टिग नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहने छन् ।
