पावरप्लेमा नेपालको सुस्त सुरुवात
काठमाडौं : आइसीसी विश्वकप लिग-२ को जारी १५ औं शृङ्खलाको पहिलो खेलमा नेपालले पावरप्लेमा १ विकेट गुमाउँदै ३५ रन बनाएको छ। अमेरिकाले दिएको २६३ रनको विजयी लक्ष्य पछ्याएको नेपालको पहिलो विकेटको रुपमा कुशल भुर्तेल डकआउट भए। उनी पहिलो ओभरको दोस्रो बलमा विकेट किपरको हातमा क्याच भए। हाल क्रिजमा ओपनर आशिफ शेख र वान डाउन आएका भीम सार्की २३ र ९ रनमा खेलिरहेका छन्। अमेरिकाका लागि रुशिल उगाकरले १ विकेट लिए।
