SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

अझै सञ्चालनमा आएन कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय

सुनसरी : जेनजी आन्दोलनको आवरणमा गत भदौ २४ गते अराजक समूहले ध्वस्त पारेको सुनसरीको इटहरीस्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय (राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय) अझै पनि सञ्चालनमा आउन सकेको छैन। आगजनी भएको लामो समय बितिसक्दा पनि कार्यालय पुनर्निर्माण नहुँदा कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या भएको  छ।आन्दोलनका क्रममा भएको आगजनीले उक्त कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको छ। कार्यालय ध्वस्त बनेपछि अहिले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।