मन्त्रालय मातहतका सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको निर्णय
काठमाडौं : नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरे। त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले आफूले मन्त्रालयका कर्मचारीसँग बसेर कार्ययोजना बनाएर काम गर्ने बताए।
